Rule 34
न्यूनतम मूल्य कायम गर्नु पर्ने
(१) कुनै मालवस्तु लिलाम बिक्री गर्नु पर्ने भएमा सो प्रयोजनका लागि भन्सार अधिकृतले सो मालवस्तुको न्यूनतम मूल्य कायम गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम न्यूनतम मूल्य कायम गर्दा सवारी साधन, भारी यन्त्र उपकरण र ऐनको दफा ७ को उपदफा (१) बमोजिम नेपाल सरकारको हुने गरी छाडिएका मालवस्तु वा दफा १३ को उपदफा (१५) को खण्ड (ख) बमोजिम खरिद गरिएका मालवस्तु वा ऐनको दफा ४७ को उपदफा (५) बमोजिम जफत भएको मालवस्तुको हकमा नियम ५४ बमोजिमको समितिले कायम गरेको न्यूनतम मूल्यलाई र सो बाहेक अन्य मालवस्तुको हकमा भन्सार कार्यालयमा मालवस्तु दाखिला हुदाका वखत उल्लेख भएको मूल्यलाई न्यूनतम मूल्य कायम गर्नु पर्नेछ ।